काठमाडाैं- नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजिनक गरेको छ।
विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा घटेर ३३ करोड ६९ लाख रुपैयाँ पुगेकाे छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.०३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ४६ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १५.३७ प्रतिशत बढेको छ। भने कुल आम्दानी ७.०९ प्रतिशत बढेको छ। इन्स्योरेन्सको खुद दाबी भुक्तानी ८.१९ प्रतिशत र कुल खर्च ९.०२ प्रतिशत बढेको छ।
समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ४ रुपैयाँ ३० पैसा घटेर ७ रुपैयाँ ११ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात १०८.१९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ८६ पैसा रहेको छ।
९ अर्ब ४८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा १ अर्ब ५३ करोड रुपैयाँ सञ्चित छ।