शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

निर्जीवन बीमा कम्पनीहरूको खुद नाफामा गिरावट, १४ कम्पनी ४१ करोड घाटामा

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ २९ २०८२
निर्जीवन बीमा कम्पनीहरूको खुद नाफामा गिरावट, १४ कम्पनी ४१ करोड घाटामा

हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले पुस मसान्तसम्ममा कुल ४१ करोड १५ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीहरूले एक अर्ब ३५ करोड ८६ लाख रुपैयाँ मुनाफा आर्जन गरेका थिए।

काठमाडौं- चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्ममा नेपालका निर्जीवन बीमा कम्पनीहरूको समग्र नाफा ऋणात्मक देखिएको छ।

हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले पुस मसान्तसम्ममा कुल ४१ करोड १५ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीहरूले एक अर्ब ३५ करोड ८६ लाख रुपैयाँ मुनाफा आर्जन गरेका थिए।

तथ्याङक अनुसार समीक्षा अवधिमा ६ वटा कम्पनीको नाफा घटेको छ भने पाँच वटा कम्पनीको खुद नाफा ऋणात्मक छ। यो अवधिमा प्रभु इन्स्योरेन्स मात्र आफ्नो मुनाफा बढाउन सफल भएको छ। प्रभुले गत वर्षको तुलनामा २.०१ प्रतिशतले नाफा वृद्धि गर्दै १२ करोड २४ लाख रुपैयाँ कमाएको छ।

सबैभन्दा बढी नाफा कमाउनेमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी देखिएको छ। जसले १७ करोड ७२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको तुलनामा ६०.३४ प्रतिशतले कम हो। यता विगतमा ऋणात्मक रहेका द ओरियण्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स भने यसपटक सुधार गर्दै नाफामा फर्किएका छन्। द ओरियण्टलले १६ करोड २२ लाख र नेशनलले ६ करोड १० लाख रुपैयाँ मुनाफा कमाएका छन्।

अन्य नाफा कमाउने कम्पनीहरूमा सगरमाथा लुम्बिनी ३ करोड ७३ लाख, हिमालयन एभरेष्ट १ करोड ५७ लाख, एनएलजीले १ करोड १० लाख, नेकोइन्स्योरेन्सले १ करोड ७ लाख र नेपाल इन्स्योरेन्स ४९ लाख रहेकाे छ।

पाँच वटा ठूला कम्पनीहरूको मुनाफा भने ऋणात्मक देखिएको छ। आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स सबैभन्दा बढी १८ करोड ११ लाख रुपैयाँ घाटामा छ भने सिद्धार्थ प्रिमियर १७ करोड ८५ लाख, युनाइटेड अजोड १० करोड ६६ लाख, सानिमा जिआईसी ९ करोड ५९ लाख र शिखर इन्स्योरेन्स ४ करोड ४७ लाख रुपैयाँ नोक्सानीमा रहेका छन्।


प्रकाशित : बिहीबार , माघ २९ २०८२१४:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend