शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

फागुनका लागि ९ बैंकले घटाए ब्याजदर, कुन बैंककाे कति?

बिहीबार , माघ २९ २०८२
फागुनका लागि ९ बैंकले घटाए ब्याजदर, कुन बैंककाे कति?

बैंकहरूले जारी गरेको विवरणअनुसार अधिकांश बैंकले ब्याजदर घटाएका छन्। व्यक्तिगत मुद्दति निक्षेपतर्फ हेर्दा फागुन महिनामा अधिकतम औसत ब्याजदर घटेको देखिन्छ। माघ महिनामा ४.६८ प्रतिशतमा रहेको यस्तो ब्याजदर फागुनमा ०.११ प्रतिशत बिन्दुले घटेर ४.५६ प्रतिशतमा झरेको हो।

काठमाडाैं- वाणिज्य बैंकहरूले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।

सार्वजनिक विवरणअनुसार अधिकांश बैंकले माघको तुलनामा ब्याजदर घटाएका छन् भने केहीले स्थिर राखेका छन्। व्यक्तिगत मुद्दति निक्षेपतर्फ फागुन महिनामा अधिकतम औसत ब्याजदर माघको तुलनामा ०.११ प्रतिशत बिन्दुले घटेर ४.५६ प्रतिशत कायम भएको छ।

यसपटक कुल २० वाणिज्य बैंकहरूमध्ये ग्लोबल आइएमई, एभरेष्ट, सानिमा, नेपाल एसबीआई, सिद्धार्थ, कृषि विकास, स्ट्याण्डर्ड चार्टर्ड, प्राइम कमर्सियल र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक गरी ९ वटा बैंकले ब्याजदर घटाएका छन्। बाँकी ११ वटा बैंकले भने माघ महिनाकै ब्याजदरलाई फागुनमा पनि यथावत् राखेका छन्।

सबैभन्दा बढी ब्याजदर घटाउनेमा ग्लोबल आइएमई बैंक देखिएको छ। जसले माघको ५.५ प्रतिशतबाट घटाएर फागुनका लागि ४.७५ प्रतिशत कायम गरेको छ। यता एनआईसी एशिया, राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक र एनएमबी बैंकले भने आफ्नो अधिकतम ५ प्रतिशत ब्याजदरलाई नै निरन्तरता दिएका छन्।

नबिल बैंकले ४.५५ प्रतिशत, कुमारी बैंकले ४.४३ प्रतिशत र लक्ष्मी सनराइज बैंकले ४.५ प्रतिशत ब्याजदर स्थिर राखेका छन्।

न्यूनतम ब्याजदर कायम गर्ने बैंकहरूमा एभरेष्ट, नेपाल एसबीआई, सिद्धार्थ, कृषि विकास र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन्, जसले व्यक्तिगत मुद्दतिमा अधिकतम ४.२५ प्रतिशत ब्याज तोकेका छन्। संस्थागत मुद्दति निक्षेपतर्फ पनि औसत ब्याजदर ०.०५ प्रतिशत बिन्दुले घटेको छ।

ग्लोबल आइएमई बैंकले फागुन महिनाका लागि व्यक्तिगत र संस्थागत दुवै मुद्दती निक्षेपको ब्याजदर घटाएको छ। बैंकले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.७५ प्रतिशत र संस्थागतर्फ ३.५ प्रतिशत ब्याजदर प्रदान गर्ने निर्णय गरेको छ। माघ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागतर्फ ३.७५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो।

त्यसैगरि,एनआईसी एशिया बैंकले फागुन महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।

प्राइम कमर्सियल बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेवको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। माघ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.४ प्रतिशत ब्याजदर दिएको थियो ।बैंकले फागुन महिनाका लागि ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ५.१ प्रतिशत र संस्थागत तर्फको ३.२५ प्रतिशत ब्याजदर तोकेका छ।

प्रभु बैंकले पनि फागुन महिनाका लागि ब्याजदर स्थिर राखेको छ। बैंकले फागुन महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ४.५५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।

लक्ष्मी सनराइज बैंकले फागुन महिनाका लागि ब्याजदर स्थिर राखेको छ। बैंकले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.५ र संस्थागतको ३.२५ प्रतिशत कायम गरेको छ।

एभरेष्ट बैंकले पनि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ। बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ४.२५ र संस्थागतर्फ ३.५ प्रतिशत ब्याजदर दिने भएको छ। माघ महिनाका लागि भने बैंकले व्यक्तिगत निक्षेपका लागि अधिकतम ४.४ र संस्थागतर्फ ४ प्रतिशत ब्याजदर दिएको थियो।

सिटिजन्स इन्टरनेशनल बैंकले फागुन महिनाका ब्याजदर स्थिर राखेको छ। बैंकले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर तोकेको छ।

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत र संस्थागत निक्षेपको स्थिर राखेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर कायम गरेको छ।

सानिमा बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागततर्फको स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३.३ प्रतिशत ब्याजदर कायम गरेको छ। माघ महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५५ प्रतिशत र संस्थागततर्फ ३‍‍.३ प्रतिशत ब्याजदर कायम गरेको थियो।

एनएमबी बैंकले फागुन महिनाका लागि ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ।

नेपाल एसबीआई बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ। बैंकले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.२५ प्रतिशत र संस्थागततर्फ २.८ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ। माघ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.४ प्रतिशत र संस्थागततर्फ २.८ प्रतिशत ब्याजदर दिएको थियो।

सिद्धार्थ बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएको छ। बैंकले फागुन महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ४।२५ र संस्थागतर्फ ३.५ प्रतिशत ब्याजदर निर्धरण गरेको छ। बैंकले माघ महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ४.५५ र संस्थागतर्फ ३.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो।

कुमारी बैंकले पनि ब्याजदर स्थिर राखेको छ। बैंकले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.४३ संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ।

कृषि विकास बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागत निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.२५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। माघ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.४ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो।

स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यक्तिगत निक्षेपतर्फको ब्याजदर घटाएको छ भने संस्थागततर्फको स्थिर राखेको छ। बैंकले फागुन महिनाका व्यक्तिगततर्फ अधिकतम ४.२५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। माघ महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ४.३६ प्रतिशत ब्याज दिएको थियो।

माछापुच्छ्रे बैंकले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती र संस्थागत निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।

हिमालयन बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेप र संस्थागत दुवैको अधिकतम ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागतर्फ ४ प्रतिशत ब्याजदर दिने निर्णय गरेको ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले फागुन महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। माघ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो।

नबिल बैंकले फागुन महिनाका लागि ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५५ प्रतिशत र संस्थागततर्फ ३.५५ प्रतिशत ब्याजदर कायम गरेको छ।


प्रकाशित : बिहीबार , माघ २९ २०८२१४:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend