शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

त्रिभुवन विमानस्थल वरिपरि निषेधाज्ञा जारी, कुनै पनि जुलुस वा प्रदर्शन नगर्न प्रशासनको चेतावनी

बिहीबार , माघ २९ २०८२
त्रिभुवन विमानस्थल वरिपरि निषेधाज्ञा जारी, कुनै पनि जुलुस वा प्रदर्शन नगर्न प्रशासनको चेतावनी

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले विज्ञप्ति जारी गर्दै, विमानस्थल क्षेत्रलाई संवेदनशील मान्दै शान्ति–सुरक्षा र आवागमन व्यवस्थापनलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको बताएका छन्।

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र त्यस आसपासको क्षेत्रमा कुनै पनि प्रकारका प्रदर्शन, जुलुस, भेला वा नाराजुलुस नगर्न निषेधाज्ञा जारी गरेको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले विज्ञप्ति जारी गर्दै, विमानस्थल क्षेत्रलाई संवेदनशील मान्दै शान्ति-सुरक्षा र आवागमन व्यवस्थापनलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको बताएका छन्।

प्रशासनका अनुसार, केही समूह तथा राजनीतिक दलले सामाजिक सञ्जालमार्फत फागुन १ गते विमानस्थल र आसपास प्रदर्शन, भेलाजम्मा र र्यालीजस्ता गतिविधि गर्ने सूचना जारी गरेको पाइएको छ। तर, प्रशासनमा यसबारे पूर्व जानकारी वा स्वीकृति भने प्राप्त भएको छैन।

विज्ञप्तिमा भनिएको छ कि निर्वाचन आचार संहिता लागु भइसकेको वर्तमान परिस्थितिमा यस्ता कार्यक्रम गर्ने बन्देज रहेको छ। साथै, महाशिवरात्रि पर्व (फागुन ३ गते) र धार्मिक-सांस्कृतिक आस्थाको सम्मान गर्दै, विमानस्थलमा यात्रुहरूको सहज आवागमन सुनिश्चित गर्न र आसपासका सार्वजनिक सडक मार्गमा यातायात सञ्चालन तथा सर्वसाधारणको सुरक्षित आवागमन कायम राख्नका लागि यस्तो निर्णय आवश्यक भएको जनाइएको छ।

प्रमुख जिल्ला अधिकारी पौडेलले स्पष्ट पारेका छन् कि निषेधित र संवेदनशील क्षेत्रमा कानून विपरीतका गतिविधि गर्ने जोसुकैलाई कानूनी कारबाही गरिनेछ।

tia 1.jpg


प्रकाशित : बिहीबार , माघ २९ २०८२१०:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend