काठमाडौं- साताको चाैथाे कारोबार दिन आज नेप्से परिसूचक ०.०४ अंकले घटेर २६६२.०९ बिन्दुमा पुगेर बन्द भएको छ।
आजको कारोबारमा ३ सय २९ कम्पनीको २ करोड २२ लाख ८२ हजार ५० कित्ता सेयर खरिद–बिक्री हुँदा ८ अर्ब ६९ करोड २२ लाख ५० हजार ८ सय ५५ रुपैयाँ बराबरको कारोबार भएको छ।
आज सेन्सेटिभ इण्डेक्स शून्य दशमलव १७ प्रतिशत, सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य ११ प्रतिशत, फ्लोट इण्डेक्स शून्य दशमलव ०४ प्रतिशतले बढेको छ।
आजको कारोबारमा, रिडी पावर कम्पनीको सेयर सबैभन्दा धेरै प्रतिशतले बढेको छ। सुपर माई हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर भने सर्वाधिक ६.३९ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सबैभन्दा धेरै रिडी पावर कम्पनीकोे ६५ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा धेरै ०.६७ प्रतिशतले घटेको छ।
२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो।