शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

अपि पावरको खुद नाफामा ३६ प्रतिशतको वृद्धि, प्रतिसेयर आम्दानी पनि बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ २८ २०८२
अपि पावरको खुद नाफामा ३६ प्रतिशतको वृद्धि, प्रतिसेयर आम्दानी पनि बढ्यो

सार्वजनिक विवरण अनुसार कम्पनिकाे नाफामा उल्लेख्य सुधार भएको  छ। कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.७५ प्रतिशतले बढेर ४२ करोड ६२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको पुस मसान्तसम्म कम्पनीले ३१ करोड १६ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो।

काठमाडाैं- अपि पावर कम्पनी लिमिटेड  ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकाे छ। 

सार्वजनिक विवरण अनुसार कम्पनिकाे नाफामा उल्लेख्य सुधार भएको  छ। कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.७५ प्रतिशतले बढेर ४२ करोड ६२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको पुस मसान्तसम्म कम्पनीले ३१ करोड १६ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो।

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा ११.७९ प्रतिशतको वृद्धि र वित्तीय खर्चमा ३६.३१ प्रतिशतको भारी गिरावट आएका कारण खुद नाफा बढ्न पुगेको देखिन्छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा पनि १८.२३ प्रतिशतले बढेको छ।

नाफामा आएको सुधारसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि ३ रुपैयाँ ७७ पैसाले वृद्धि भई १४ रुपैयाँ ३ पैसा कायम भएको छ। ६ अर्ब ७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटी १ अर्ब ६ करोड ८३ लाख रुपैयाँ रहेको छ।

वित्तीय विवरण अनुसार दोस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ ५८ पैसा र मूल्य आम्दानी अनुपात २०.६२ गुणा रहेको छ।

प्रकाशित : बुधबार, माघ २८ २०८२१०:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend