शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

युनाइटेड अजोड इन्स्योरेन्सले पायाे हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डकाे अनुमति

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ २७ २०८२
युनाइटेड अजोड इन्स्योरेन्सले पायाे हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डकाे अनुमति

बोर्डको माघ २७ गतेको निर्णयअनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति पाएको हो।

काठमाडौ‌ं- नेपाल धितोपत्र बोर्डले युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडलाई हकप्रद सेयर निष्कासनका स्वीकृति दिएको  छ। 

बोर्डको माघ २७ गतेको निर्णयअनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति पाएको हो।

बोर्डबाट स्वीकृत भएअनुसार युनाइटेड अजोडले १००:१५ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।  

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित : मंगलबार, माघ २७ २०८२१८:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend