रामेछाप- रामेछाप सदरमुकाम मन्थलीनजिक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा बसका चालकसहित ८ जना घाइते भएका रामेछापका प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिए।
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०१-०१-००५ ख ९९७५ नम्बरको बस रामेछाप मन्थली नगरपालिका-६ मसानटारस्थित सडकबाट करिब ५० मिटरतल तामाकोशी नदीमा खसेको हो।
प्रहरी नायब उपरीक्षक भट्टका अनुसार नदीमा डुबेको बसबाट यात्रुको उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल लगिएको छ। रासस