शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

निर्वाचन सहयोगका लागि भारतलाई प्रधानमन्त्री सुशीला कार्कीको धन्यवाद

मंगलबार, माघ २७ २०८२
निर्वाचन सहयोगका लागि भारतलाई प्रधानमन्त्री सुशीला कार्कीको धन्यवाद

भेटका क्रममा प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउने क्रममा छिमेकी राष्ट्रबाट प्राप्त सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यसले निर्वाचन व्यवस्थापन सहज हुने विश्वास व्यक्त गरिन्।

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका लागि छिमेकी मित्रराष्ट्र भारतले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेकी छन्।

प्रधानमन्त्री कार्कीले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई सिंहदरबारमा बोलाएर मुलुकको विशेष परिस्थितिमा हुन लागेको निर्वाचनलाई सहज रूपमा सम्पन्न गर्न सवारी साधनलगायत विभिन्न सामग्री उपलब्ध गराएकोमा कृतज्ञता व्यक्त गरेकी हुन्।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउने क्रममा छिमेकी राष्ट्रबाट प्राप्त सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यसले निर्वाचन व्यवस्थापन सहज हुने विश्वास व्यक्त गरिन्।

जवाफमा भारतीय राजदूत श्रीवास्तवले नेपालको लोकतान्त्रिक प्रक्रियामा भारत सदैव साथमा रहने स्पष्ट पारे। मित्रवत् छिमेकीका नाताले सहयोग गर्नु आफ्नो कर्तव्य भएको उल्लेख गर्दै उनले निर्वाचनपछि नेपालले हासिल गर्ने लोकतान्त्रिक तथा संवैधानिक स्थिरता भारतका लागि पनि महत्त्वपूर्ण हुने धारणा राखे।

प्रकाशित : मंगलबार, माघ २७ २०८२१४:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend