शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सकाे नाफा घट्याे, प्रतिसेयर नेटवर्थ २४१‍ रुपैयाँ

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ २७ २०८२
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सकाे नाफा घट्याे, प्रतिसेयर नेटवर्थ २४१‍ रुपैयाँ

विवरण अनुसार चालू आवमा कम्पनीको व्यापार र नाफामा गिरावट आएको छ। गत आवको पुस मसान्तसम्म २२ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालू आवको पुस मसान्तसम्म भने १७ करोड ८५ लाख रुपैयाँ खुद घाटामा पुगेको हो।

काठमाडौं- सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। 

विवरण अनुसार चालू आवमा कम्पनीको व्यापार र नाफामा गिरावट आएको छ। गत आवको पुस मसान्तसम्म २२ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालू आवको पुस मसान्तसम्म भने १७ करोड ८५ लाख रुपैयाँ खुद घाटामा पुगेको हो।

यता कम्पनीको व्यापारमा पनि केही गिरावट आएको छ। खुद ब्याज आम्दानी समीक्षा अवधिमा ८० करोड ३९ लाख रुपैयाँबाट घटेर ७४ करोड ६६ लाख रुपैयाँमा झरेको छ।

त्यस्तै समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १ अर्ब ३० करोड २ लाख रुपैयाँबाट घटेर १ अर्ब १२ करोड ५३ लाख रुपैयाँमा झर्दा कुल खर्च भने ९६ करोड ११ लाख रुपैयाँबाट बढेर १ अर्ब ३८ करोड ४ लाख रुपैयाँ नाघेको छ। यससँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि १६‍.०३ रुपैयाँ धनात्मकबाट १२.७२ रुपैयाँ ऋणात्मक हुन पुगेको छ।

चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ रहेको कम्पनीको स्पेशर रिजर्भमा २ अर्ब ५० करोड रुपैयाँ, महाविपत्ति कोषमा २२ करोड ७८ लाख रुपैयाँ र जगेडा कोषमा ११ करोड ८५ लाख रुपैयाँ रहेको छ। कम्पनीको बीमाकोषको आकार ११ अर्ब ५२ करोड रुपैयाँभन्दा माथि रहेको छ भने सोल्भेन्सी मार्जिन अनुपात ३.८५ प्रतिशत रहको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ २४१‍.३१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५६.३५ गुणा ऋणात्मक रहेको छ भने पुस मसान्तसम्म कम्पनीले ७ अर्ब ९३ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ।


प्रकाशित : मंगलबार, माघ २७ २०८२१२:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend