शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

डिजिटल नेपालका लागि विश्व बैंकले दिने ५ करोड डलर ऋण स्वीकृत, केमा हुन्छ खर्च?

मंगलबार, माघ २७ २०८२
डिजिटल नेपालका लागि विश्व बैंकले दिने ५ करोड डलर ऋण स्वीकृत, केमा हुन्छ खर्च?

घरजग्गा प्रशासन, लगानी प्रवर्द्धन, बजार सुदृढीकरण जस्ता क्षेत्रमा यो ऋणको परिचालन हुनेछ।

काठमाडौं- डिजिटल नेपालका लागि नेपाल सरकारलाई दिने भनिएको ५ करोड अमेरिकी डलर ऋण विश्व बैंकले स्वीकृत गरेको छ। 

यसयअघि सम्झौता भएर रद्द भएको यही परियोजनाको ऋण फेरि नयाँ सम्झौताको प्रक्रियामा गएको हो।

विश्व बैंकले दिने यो ऋण सरकारी पूर्वाधार निर्माणमा खर्च हुने छ। नागरिकलाई दिने सेवालाई डिजिटाइज्ट गर्नका लागि ऋणको परिचालन हुनेछ। 

विश्व बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यो ऋणको परिचालन नागरिकलाई डिजिटल सेवा दिने एकीकृत पोर्टल बनाउन, सामाजिक पञ्जिकरण, सुरक्षित डेटा प्रसार तथा भण्डार जस्ता काममा हुनेछ। 

घरजग्गा प्रशासन, लगानी प्रवर्द्धन, बजार सुदृढीकरण जस्ता क्षेत्रमा यो ऋणको परिचालन हुनेछ।  

यसअघि सन् २०२२ मा डिजिटल नेपाल एक्सिलेरेसन (डीएनए) परियोजनाका लागि ११ करोड डलरको ऋण सम्झौता भएको थियो। सम्झौताको दुई वर्षसम्म कार्यान्वयन नै हुन नसकेपछि विश्व बैंकले सम्झौता रद्द गरेको थियो। 


प्रकाशित : मंगलबार, माघ २७ २०८२११:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend