काठमाडाैं- भुजुङ हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।
आईपीओ बाँडफाँट आज बिहान कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा भएको हो।
कम्पनीले गत माघ १२ गतेदेखि १५ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख ३० हजार कित्ता सेयर निष्काशन गरेको थियो। सो निष्कासनमा २५ लाख ७९ हजार ९२० जनाले कुल २ करोड ८४ लाख ४१ हजार ६८० कित्ता सेयरका लागि आवेदन परेको क्यापिटलले जनाएको छ। सोमध्ये २५ लाख ३९ हजार ८९२ आवेदन स्वीकृत भएको छ भने ४० हजार २८ आवेदन रद्द भएका छन्।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जस अनुसार कुल ८३ हजार आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्।