शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बीमा क्षेत्रमा प्रशासनिक सुधार, अब हुलाक टिकट टाँस्न नपर्ने

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ २६ २०८२
बीमा क्षेत्रमा प्रशासनिक सुधार, अब हुलाक टिकट टाँस्न नपर्ने

प्राधिकरणले आज सबै निर्जीवन तथा जीवन बीमा कम्पनी तथा मध्यस्थकर्ताहरूका नाममा परिपत्र जारी गर्दै अबदेखि कुनै पनि बीमा कागजातमा हुलाक टिकट आवश्यक नपर्ने स्पष्ट जनाएको हो।

काठमाडाै‌ं- नेपाल बीमा प्राधिकरणले बीमासँग सम्बन्धित विभिन्न सेवाहरूमा हुलाक टिकट टाँस्ने प्रचलनलाई हटाएको छ। 

प्राधिकरणले आज सबै निर्जीवन तथा जीवन बीमा कम्पनी तथा मध्यस्थकर्ताहरूका नाममा परिपत्र जारी गर्दै अबदेखि कुनै पनि बीमा कागजातमा हुलाक टिकट आवश्यक नपर्ने स्पष्ट जनाएको हो।

नेपाल सरकार मन्त्रिपरिषद्को गत मंसिर २९ गतेको बैठकबाट लिइएको नीतिगत व्यवस्थाको कार्यान्वयनस्वरूप आएको हो। 

सरकारले सेवा प्रवाहका क्रममा कागजातको आधिकारिकता पुष्टि गर्न आय टिकटका रूपमा हुलाक टिकट प्रयोग गर्ने अभ्यासलाई कानुनी रूपमा अनिवार्य गरिएको बाहेक अन्य क्षेत्रबाट हटाउने निर्णय गरेको थियो। 

सोही निर्णयलाई आत्मसात गर्दै बीमा प्राधिकरणले आफ्नो कार्यक्षेत्रभित्र पर्ने सबै सेवाहरूमा हुलाक टिकटको प्रयोग बन्द गर्ने व्यवस्था मिलाउन बीमकहरूलाई निर्देशन दिएको छ। 

hulak  ticket.PNG

प्रकाशित : सोमबार, माघ २६ २०८२१६:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend