शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

कोरला नाकाबाट भित्रिएको अवैध सामान बरामद

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ २६ २०८२
कोरला नाकाबाट भित्रिएको अवैध सामान बरामद

हिउँदयाममा कोरला नाकाबाट अवैध रूपमा चारी-शिकारी र अवैध क्रियाकलाप हुन सक्ने भएकाले सीमावर्ती क्षेत्रका सुरक्षाकर्मीले निरन्तर सीमा गस्ती गर्ने गरेका छन्।

मुस्ताङ- माथिल्लो मुस्ताङस्थित कोरला नाकाबाट भित्रिएको अवैध सामान बरामद गरिएको छ। लोमान्थाङ-४ छोसेरस्थित न्हेचुमा रहेको मुस्ताङ भन्सार कार्यालय, सशस्त्र प्रहरी बल नेपाल (बीओपी) र इलाका प्रहरी कार्यालय छोसेरको संयुक्त गस्ती टोलीले ‍१ लाख १७ हजार रुपैयाँबराबरको अवैध सामान बरामद गरेको हो।

लोमान्थाङस्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयका नायब सुब्बा भोजराज अधिकारी नेतृत्वको टोलीले अवैध सामान बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार कोरला नाकाबाट बरामद गरिएको अवैध सामान न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयको जिम्मा लगाइएको छ।

यसअघि गत पुस २७ गते कोरला नाकामा रोकिराखिएको मालवाहक कन्टेनर खानतलासी गर्दा २ करोड २४ लाख रुपैयाँबराबरको अवैध विद्युतीय चुरोट भेप बरामद गरिएको थियो। सो अवैध सामान मुस्ताङ भन्सार कार्यालयको जिम्मा लगाइएको थियो।

यसैगरी २०८१ पुस २० गते कोरला नाका हुँदै लुकाइछिपाई जोमसोमतर्फ ल्याउँदै गरेको ६ करोड ८१ लाख रुपैयाँको अवैध विद्युतीय चुरोट (भेप) बरामद गरिएको थियो। हिउँदयाममा कोरला नाकाबाट अवैध रूपमा चारी-शिकारी र अवैध क्रियाकलाप हुन सक्ने भएकाले सीमावर्ती क्षेत्रका सुरक्षाकर्मीले निरन्तर सीमा गस्ती गर्ने गरेका छन्। रासस


प्रकाशित : सोमबार, माघ २६ २०८२१२:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend