शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सिटिजन लाइफकाे नाफा सामान्य बढ्याे, खुद बीमा शुल्क आर्जन ३ अर्ब ८८ कराेड रुपैयाँ

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ २६ २०८२
सिटिजन लाइफकाे नाफा सामान्य बढ्याे,  खुद बीमा शुल्क आर्जन ३ अर्ब ८८ कराेड रुपैयाँ

कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले २३ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको वित्तीय विवरणले देखाएको छ।

काठमाडाैं- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा सामान्य बढेकाे छ।

कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले २३ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको वित्तीय विवरणले देखाएको छ।

याे गत वर्षकाे तुलनामा चालू आवको पुस मसान्तसम्म ०.२४ प्रतिशतको सामान्य वृद्धि हाे।कम्पनीले गत आवको पुस मसान्तसम्म २३ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियाे।

कम्पनीकाे खुद बीमाशुल्क आर्जन समीक्षा अवधिमा ३ अर्ब १८ करोड १६ लाख रुपैयाँबाट २२.२३ प्रतिशतले बढेर ३ अर्ब ८८ करोड ८७ लाख रुपैयाँ नाघेको छ। त्यस्तै कुल आम्दानी ४ अर्ब १८ करोड ९४ लाख रुपैयाँबाट १८.९५ प्रतिशतले बढेर ४ अर्ब ९८ करोड ३५ लाख रुपैयाँ पुग्दा कुल खर्च ३ अर्ब ९५ करोड ८५ लाख रुपैयाँबाट २० प्रतिशतले बढेर ४ अर्ब ७५ करोड २० लाख रुपैयाँ नाघेको छ।

त्यसैगरी समीक्षा अवधिमा कम्पनीले अभिकर्तालाई कमिशन बापत दिने रकम ३१ करोड ८५ लाख रुपैयाँबाट वृद्धि गरी ३८ करोड ६ लाख रुपैयाँ पुर्याएको छ भने कम्पनीका कर्मचारीलाई दिने कमिशन १७ करोड ९९ लाख रुपैयाँबाट वृद्धि गरी १८ करोड ८० लाख रुपैयाँ पुगेकाे छ।

समीक्षा अवधिमा कम्पनीको जीवन बीमाकोषको आकार १६ अर्ब ८५ करोड २३ लाख रुपैयाँबाट बढेर २२ अर्ब ८१ करोड ७१ लाख रुपैयाँ पुगेको छ। प्रतिसेयर आम्दानी ११.७३ रुपैयाँबाट घटेर ९.२६ रुपैयाँमा कायम भएकाे छ। सोल्भेन्सी अनुपात ३.४२ प्रतिशतबाट घटेर १.७३ प्रतिशतमा झरेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १२६.५२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५१.१८ गुणा रहेको छ ।

चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको कम्पनीको सेयर प्रिमियम ४५ करोड रुपैयाँ रहेकाे छ भने २६ अर्ब रुपैयाँ लगानी गरेको छ। कम्पनीको सम्पत्तिको कूल मूल्य २९ अर्ब ८८ करोड रुपैयाँभन्दा माथि रहेको छ ।


प्रकाशित : सोमबार, माघ २६ २०८२११:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend