शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

माउन्टेन इनर्जीकाे खुद नाफा ५ प्रतिशतले बढ्याे, प्रति सेयर नेटवर्थ १४२ रुपैयाँ

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ २६ २०८२
माउन्टेन इनर्जीकाे खुद नाफा ५ प्रतिशतले बढ्याे, प्रति सेयर नेटवर्थ १४२ रुपैयाँ

विवरण अनुसार अवधिमा कम्पनीको खुद नाफा बढेको छ। कम्पनीको खुद नाफा ५.७४ प्रतिशतले बढेर ५४ करोड १४ लाख पुगेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ५१ करोड २० लाख रुपैयाँ थियो।

काठमाडौं- माउन्टेन इनर्जी नेपाल लिमिटेडले दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक  गरेको छ।

विवरण अनुसार अवधिमा कम्पनीको खुद नाफा बढेको छ। कम्पनीको खुद नाफा ५.७४ प्रतिशतले बढेर ५४ करोड १४ लाख पुगेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ५१ करोड २० लाख रुपैयाँ थियो।

कम्पनीले बीमा दाबीको ९ लाख रुपैयाँ पनि प्राप्त गरेको छ। कम्पनीको संचालन मुनाफा ६४ करोड ९६ लाख रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको ब्याज खर्च १२ करोड ४० लाखबाट घटेर ११ करोड १५ लाख कायम भएको छ। कम्पनीको कर अगाडीको नाफा भने ५५ करोड ५८ लाख रहेको छ।

कम्पनीको चुक्ता पुँजी ३ अर्ब १२ करोड रुपैयाँ रहेको छ। कम्पनीको रिजर्भमा १ अर्ब ३३ करोड रहेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड थियो। कम्पनीले आर्थिक वर्ष २०८१/८२ बाट २० प्रतिशत बोनस सेयर वितरण गरेपछि चुक्ता पुँजी बढेको हो।

यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी १४.५८ प्रतिशतले बढेर ९१ करोड ४४ लाख पुगेको छ ।अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ७९ करोड ८१ लाख थियो। कम्पनीले ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट नियमित विद्युत उत्पादन गरिरहेको छ।

कम्पनीको प्रति सेयर आम्दानी १७.३४ रुपैयाँ रहेको छ। २० प्रतिशतले पुँजी बढ्दा पनि कम्पनीले १७.३४ रुपैयाँको ईपीएस कायम गर्न सफल भएको छ। कम्पनीको प्रति सेयर नेटवर्थ १४२ रुपैयाँ ६८ पैसा रहेको छ।


प्रकाशित : सोमबार, माघ २६ २०८२१०:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend