शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

होटल फरेष्ट इनकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ २६ २०८२
होटल फरेष्ट इनकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

कम्पनीले माघ २२ गतेदेखि आईपीओनिष्कासन तथा बिक्री खुला गरेको थियाे। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरिसकेकाे छ।

काठमाडाैं- होटल फरेष्ट इन लिमिटेडले आईपीओमा आवेदन दिने आज माघ २६ गते अन्तिम दिन रहेको छ।

कम्पनीले माघ २२ गतेदेखि आईपीओनिष्कासन तथा बिक्री खुला गरेको थियाे। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरिसकेकाे छ।

कम्पनीले जारी पुँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये ४ लाख कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि, २ लाख कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि र ८० हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

अब भने कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि बाँकी रहेको ३३ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ३३ लाख २० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो।

आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले  सि-आस्बा प्रणाली तथा मेरो सेयर अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन्।


प्रकाशित : सोमबार, माघ २६ २०८२१०:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend