आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधनको आयातमा निर्भर

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ २६ २०८२
वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधनको आयातमा निर्भर

पेट्रोलियम पदार्थको आयातबाट मात्रै ६ महिनामा ३७ अर्ब ८५ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

पर्सा- वीरगञ्ज भन्सार कार्यालयको राजस्वको हिस्सा पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको छ। कार्यालयले चालु आर्थिक वर्षको प्रथम ६ महिनामा १ खर्ब १६ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। तर, यहाँको राजस्व संकलनको हिस्सा भने मुख्यतः पेट्रोलियम पदार्थको आयातमा निर्भर छ। पेट्रोलियम पदार्थको आयातबाट मात्रै ६ महिनामा ३७ अर्ब ८५ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

दोस्रो धेरै राजस्व यातायातका साधन र तिनका पार्टपुर्जा आयाबाट भने १३ अर्ब ९८ रुपैयाँ संकलन भएको छ। कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थको आयात र यातायातका साधन तथा तिनका पार्टपुर्जा आयातबाट प्राप्त हुनेमा निर्भर रहेको बताए।

चालु आर्थिक वर्षको ६ महिनामा फलाम तथा फलामबाट बनेका सामानबाट ६ अर्ब ८३ करोड रुपैयाँ, कपडा आयातबाट ५ अर्ब २६ करोड रुपैयाँ, इलेक्ट्रिक मेसिनरी,उपकरण र तिनका पार्टपुर्जा आयातबाट ४ अर्ब ९१ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

त्यस्तै मदिराजन्य पेयपदार्थको आयातबाट भने १ अर्ब ८३ करोड रुपैयाँ राजस्व संकलन भएको छ। शृंगारका सामान आयातबाट १ अर्ब ८१ करोड रुपैयाँ राजस्व उठेको छ। रासस


प्रकाशित : सोमबार, माघ २६ २०८२१०:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend