काठमाडौं- साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक १०.२५ अंकले घटेर २६९८.४४ बिन्दुमा पुगेर बन्द भएको छ।
आजको कारोबारमा ३ सय ३० कम्पनीको २ करोड ६२ लाख ३६ हजार २ सय ४ कित्ता सेयर खरिद-बिक्री हुँदा ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार १ सय ४३ रुपैयाँ बराबरको कारोबार भएको छ।
आज सेन्सेटिभ इण्डेक्स शून्य दशमलव १८ प्रतिशत, सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य दशमलव ०९ प्रतिशत, फ्लोट इण्डेक्स शून्य दशमलव ३३ प्रतिशतले घटेको छ।
आजको कारोबारमा, सुपर माई हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। कालिन्चोक दर्शन लिमिटेडको सेयर भने सर्वाधिक ८.९१ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सबैभन्दा धेरै सुपर मादी हाइड्रोपावरकोे ५६ करोड ३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। आज लगानी समूह शून्य दशमलव ०८ र अन्य समूह शून्य दशमलव ४६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव १४, विकास बैंक शून्य दशमलव ९२, वित्त शून्य दशमलव ०१, होटल तथा पर्यटन दुई दशमलव १३, जलविद्युत् शून्य दशमलव ३१, जीवन बीमा शून्य दशमलव ७१ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव १५ प्रतिशतले घटेको छ । त्यस्तै, लघुवित्त शून्य दशमलव २१, म्युचुअल फन्ड शून्य दशमलव ६१, निर्जीवन बीमा शून्य दशमलव ३२, र व्यापार एक दशमलव ३० प्रतिशतले घटेको छ ।
२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो।