शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नागरिक लगानी कोषको नाफा ६ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता?

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ २५ २०८२
नागरिक लगानी कोषको नाफा ६ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता?

अघिल्लो वर्ष २०८१।८२ को पुससम्म कोषले ६२ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कोषको नाफा ६.२ प्रतिशतले बढेको छ।

काठमाडौं- नागरिक लगानी कोषले चालुआर्थिक वर्ष को दोस्रो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरण अनुुसार समीक्षा अवधिमा कोषले ६६ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

अघिल्लो वर्ष २०८१।८२ को पुससम्म कोषले ६२ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कोषको नाफा ६.२ प्रतिशतले बढेको छ।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कोषको ब्याज आम्दानी १०.२० प्रतिशतले घटेर १७ करोड ६४ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यही अवधिमा कोषको ब्याज आम्दानी १९ करोड ३३ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म कोषको कुल लगानी २ खर्ब ९८ अर्ब ६७ करोड ८४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म कोषको कुल लगानी २ खर्ब ६४ अर्ब ७७ करोड ७५ लाख रुपैयाँ थियो। एक वर्षमा कोषको लगानी १२.८० प्रतिशतले बढेको छ।

चालु आर्थिकको पुससम्म कोषको प्रतिसेयर आम्दानी सामान्य बढेर १९.५५ रुपैयाँ कायम भएको छ। कोषको प्रतिसेयर नेटवर्थ १४२.४० रुपैयाँ रहेको छ।


प्रकाशित : आइतबार, माघ २५ २०८२१४:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend