शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बन्दिपुर केवलकारको २ लाख ९३ हजार कित्ता सेयरको लकइन फागुन २९ गतेदेखि खुल्दै

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ २५ २०८२
बन्दिपुर केवलकारको २ लाख ९३ हजार कित्ता सेयरको लकइन फागुन २९ गतेदेखि खुल्दै

कम्पनीका अनुसार २०८१ भदौ ११ गतेदेखि भदौ १५ गतेसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खल्ला गरिएको साधारण सेयर २०८१ भदौ ३० गते बाँडफाँट गरिएको थियो।

काठमाडाैं- बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले सामूहिक लगानी कोष (म्युचुअल फण्ड) का लागि छुट्ट्याइएको साधारण सेयरको लकइन अवधि फागुन २९ गतेदेखि सकिन लागेको छ।

कम्पनीका अनुसार २०८१ भदौ ११ गतेदेखि भदौ १५ गतेसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खल्ला गरिएको साधारण सेयर २०८१ भदौ ३० गते बाँडफाँट गरिएको थियो। 

उक्त बाँडफाँट गरिएको कुल ५८ लाख ६० हजार कित्ता साधारण सेयरमध्ये ५ प्रतिशत अर्थात् २ लाख ९३ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि छुट्ट्याइएको थियो।

धितोपत्र बोर्डको नियम अनुसार सामूहिक लगानी कोषका लागि छुट्ट्याइएको सेयर बाँडफाँट भएको मितिले ६ महिनासम्म बिक्री गर्न नपाइने लक-इन व्यवस्था रहेको छ। सोही व्यवस्था अनुसार २०८१ भदौ ३० मा बाँडफाँट भएको उक्त सेयरको अवधि आगामी २०८१ फागुन २९ गते  मा समाप्त हुनेछ।

प्रकाशित : आइतबार, माघ २५ २०८२१३:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend