शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

स्वाभिमान लघुवित्तकाे खुद नाफा ४३ प्रतिशतले बढ्याे, प्रतिसेयर आम्दानी कति?

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ २५ २०८२
स्वाभिमान लघुवित्तकाे खुद नाफा ४३ प्रतिशतले बढ्याे, प्रतिसेयर आम्दानी कति?

सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको पुस मसान्तसम्म २ करोड ३ लाख रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिमा ४३.८३ प्रतिशतले वृद्धि भई २ करोड ९२ लाख रुपैयाँ पुगेको छ।

काठमाडाैं- स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। 

सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको पुस मसान्तसम्म २ करोड ३ लाख रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिमा ४३.८३ प्रतिशतले वृद्धि भई २ करोड ९२ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७ करोड १३ लाख रुपैयाँबाट ६१.५३ प्रतिशतले बढेर ११ करोड ५३ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी पनि ८ करोड ६५ लाख रुपैयाँबाट ६७.७५ प्रतिशतले वृद्धि हुँदै १४ करोड ५२ लाख रुपैयाँ पुगेको छ।

आम्दानीमा भएको  वृद्धिसँगै कम्पनीको सञ्चालन नाफा पनि २ करोड ९० लाख रुपैयाँबाट ४३.८३ प्रतिशतले बढेर ४ करोड १७ लाख रुपैयाँ नाघेको छ। कम्पनीले इम्पेयरमेन्ट चार्ज बापत १ करोड १४ लाख रुपैयाँ छुट्याएको जनाएको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २७.८३ रुपैयाँबाट बढेर ३८.११ रुपैयाँ पुगेको छ। कम्पनीकाे निष्क्रिय कर्जा भने ३.४२ प्रतिशतबाट बढेर ४.९५ प्रतिशत कायम भएको छ।

कम्पनीको प्रतिसेयर नेटवर्थ २०६.१८ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ४४.०८ गुणा र तरलता अनुपात १०.४४ प्रतिशत रहेको छ।

१५ करोड ३४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडामा ७ करोड ४५ लाख रुपैयाँ र रिजर्भमा ८ करोड ८३ लाख रुपैयाँ सञ्चित रहेको छ।

 


प्रकाशित : आइतबार, माघ २५ २०८२१२:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend