शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

ग्लोबल आईएमई लघुवित्तको खुद नाफामा १० प्रतिशतको गिरावट

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ २५ २०८२
ग्लोबल आईएमई लघुवित्तको खुद नाफामा १० प्रतिशतको गिरावट

चालू आवको पुस मसान्तसम्म कम्पनीले १० करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा नाफा करिब १०.५१ प्रतिशतले घटेको हो।

काठमाडौं- ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ। 

विवरणअनुसार कम्पनीको आम्दानीमा सुधार देखिएको छ। इम्पेयरमेन्ट चार्ज बढ्दा खुद नाफामा भने गिरावट आएको छ।

चालू आवको पुस मसान्तसम्म कम्पनीले १० करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा नाफा करिब १०.५१ प्रतिशतले घटेको हो।

समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी ४८ करोड ७६ लाख रुपैयाँ पुगेको छ। यो रकम गत वर्षको ३५ करोड ७ लाख रुपैयाँको तुलनामा करिब ३९ प्रतिशतले बढी हो।  

कम्पनीको कुल सञ्चालन आम्दानी पनि वृद्धि भई ५२ करोड १८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो आम्दानी ३९ करोड २१ लाख रुपैयाँ थियो। जसको तुलनामा करिब ३३ प्रतिशत वृद्धि भएको हो।  

कम्पनीको इम्पेयरमेन्ट चार्ज बढेको छ। गत वर्ष पुस मसान्तसम्म २ करोड ७६ लाख रुपैयाँ छुट्याइएकोमा चालू वर्षमा यस्तो रकम १६ करोड ११ लाख रुपैयाँ पुगेको छ। जुन ४८३ प्रतिशतको वृद्धि हो। यसकै असरले सञ्चालन नाफा १६ करोड ९० लाख रुपैयाँबाट घटेर १५ करोड २२ लाख रुपैयाँमा झरेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३८.२४ रुपैयाँबाट घटेर ३२.६७ रुपैयाँमा कायम भएको छ। निष्क्रिय कर्जा अनुपात ४.१० प्रतिशतबाट बढेर ८.९६ प्रतिशत पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १९४‍.६८ रुपैयाँ, मूल्य–आम्दानी अनुपात ३५.५९ गुणा र तरलता अनुपात ४.९२ प्रतिशत रहेको छ। वितरणयोग्य मुनाफा ६ करोड ३५ लाख रुपैयाँ रहेको छ।

कम्पनीको चुक्ता पुँजी ६४ करोड ८२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६३ करोड ७ लाख रुपैयाँ सञ्चित छ। 


प्रकाशित : आइतबार, माघ २५ २०८२११:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend