काठमाडाैं- हाल पाइपलाईनमा रहेका १० वटा कम्पनीले कम्पनीले प्रिमियममा सेयर निष्कासन गर्न धितोपत्र बोर्ड सेबाेन आवेदन दिएका छन्। आवेदन दिने कम्पनीहमा उत्पादन तथा प्रशोधन समूहका ७ कम्पनी हाइड्रोपावरका २, लगानी समूहका १ गरी १० वटा रहेका छन्।
हाइड्रोपावर तर्फ नुम्बुर हिमालयन हाइड्रोपावरले प्रतिकित्ता २१८ रुपैयाँका दरले ३० लाख ६ हजार २ सय २ कित्ता, सेञ्चुरी इनर्जीले २७५.११ रुपैयाँमा ३ लाख कित्ता, लगानी समूहतर्फ शिवम होल्डिङ्स लिमिटेडले २१० रुपैयाँमा १ करोड १६ लाख कित्ता सेयर प्रिमियममा निष्कासन गर्न सेबोनमा आवेदन दिएका हुन।
त्यस्तै उत्पादन तथा प्रशोधन समूहतर्फ जगदम्बा स्टिल्स लिमिटेडले ३ सय रुपैयाँमा २ करोड ७० हजार कित्ता, शौर्य सिमेन्ट इण्डष्ट्रिजले २६४.५१ रुपैयाँमा १ करोड ५९ लाख ८१ हजार ५ सय कित्ता, मारुती सिमेन्ट्स लिमिटेडले ३७७ रुपैयाँमा १ करोड १६ लाख कित्ता, रिद्धिसिद्धि सिमेन्टले २१४.१० रुपैयाँको प्रिमियमको मूल्यमा १ करोड २१ लाख ७१ हजार ५ सय कित्ता, अम्बे स्टिल्स लिमिटेडले ३०३ रुपैयाँको प्रिमियम मूल्यमा १ करोड ११ लाख ९२ हजार ७२७ कित्ता, हुलास इन्फ्राले ३३३.५६ रुपैयाँमा ३५ लाख ४७ हजार १८८ कित्ता र हुलास आइरन इन्डष्ट्रिजले २५५ रुपैयाँमा ९७ लाख ५० हजार कित्ता सेयर निष्कासन अनुमतीका लागि आवेदन दिएका छन।
हाल बोर्डको पाइपलाइनमा ५९ अर्ब ६९ करोड ९४ लाख रुपैयाँ भन्दा धेरैको आईपीओ बिक्रीका लागि आवेदन परेको छ ।८६ वटा कम्पनीले सेयर बिक्री गर्ने अनुमति मागेका छन्।
होटल तथा पर्यटन समूहको १२ वटा, हाइड्रोपावरको समूहको ३४, लगानी समूहको ४, उत्पादन तथा प्रशोधन समूहको २५, लघु बीमा समूहको ३, अन्य समूहको ११ गरी कुल ८९ वटा कम्पनीले आईपीओ निष्कासनको लागि पाइपलाइनमा छन्।