आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

छोरालाई निजी र छोरीलाई सरकारी विद्यालयमा पढाउने प्रवृत्ति अझै कायम

आइतबार, माघ २५ २०८२
छोरालाई निजी र छोरीलाई सरकारी विद्यालयमा पढाउने प्रवृत्ति अझै कायम

तथ्यांक अनुसार निजी विद्यालयमा छोरीको तुलनामा छोराहरू धेरे भर्ना हुने गरेका छन्।

काठमाडौं- नेपाली अविभावकहरूले अझैसम्म पनि आफ्नै सन्तानबीचमा विभेद गर्ने गरेको पाइएको छ।

तुलनात्मक रुपमा महँगो हुने र आफै शुल्क तिर्नुपर्ने निजी विद्यालयमा छोरीको तुलनामा छोराहरू धेरै रहेको तथ्यांक सार्वजनिक भएको छ। 

राष्ट्रिय तथ्यांक कार्यालयले निकालेको नेपालको शैक्षिक समावेशीतासम्बन्धीको प्रतिवेदनमा यस्तो तथ्यांक रहेको छ।

सन् २०२४ को तथ्यांकअनुसार १ देखि १२ कक्षासम्मका कुल विद्यार्थीमा ३६ प्रतिशत निजी विद्यालयमा अध्ययन गर्छन्। यो हिस्सा पछिल्लो दश वर्षमा उल्लेख्य बढेको छ। तर यो तथ्यांकमा लैंगिक विभेद भने प्रष्ट देखिएको छ। 

तथ्यांकअनुसार निजी विद्यालयमा छोरीको तुलनामा छोराहरू धेरे भर्ना हुने गरेका छन्। 

पूर्वप्राथमिकदेखि १२ कक्षासम्म सबै तहमा छोरीको तुलनामा छोरा धेरै रहेका छन्। पूर्वप्राथमिकमा छोरीको हिस्सा निजीमा ४६ प्रतिशतमात्र छ।

त्यस्तै १ देखि ५ कक्षासम्म छोरीको हिस्सा २८ प्रतिशत छ भने छोराको ३६ प्रतिशत छ। त्यस्तै ६ देखि ८ कक्षासम्म  छोरीहरूको हिस्सा २४ प्रतिशत छ भने छोराको ३२ प्रतिशत रहेको छ। ९ र १० कक्षामा पनि छोरीको २१ र छोराको २७ प्रतिशत रहेको छ। ११ र १२ मा पनि ३३ प्रतिशत छोरा र २४ प्रतिशत छोरी रहेका छन्। 

नेपाल सरकारको एक अध्ययनअनुसार सरकारकी विद्यालयको तुलनामा निजी विद्यालयको सिकाइको गुणस्तर पनि राम्रो रहेको पाइएको छ। गणित,  विज्ञान, अंग्रेजी र यहाँसम्म कि नेपालीमा पनि निजीको गुणस्तर राम्रो पाइएको छ। 

राम्रो गुणस्तर हुने र व्यक्तिगत खर्च पनि हुने भएकाले छोरीलाई सरकारीमा राखेर छोरालाई निजीमा राख्ने परम्परागत चलन अझैसम्म कायम देखिएको छ। विशेषगरी ग्रामीण क्षेत्रमा यस्तो प्रवृत्ति कायम छ। सहरी केन्द्रहरूमा भने यस्तो विभेद न्यून हुँदै आएको छ। 


प्रकाशित : आइतबार, माघ २५ २०८२१३:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend