काठमाडौं- अर्थतन्त्रको विकास र विस्तारसँगै विश्वभर अर्बपतिहरुको संख्या बढ्दो छ। अन्तर्राष्ट्रिय व्यापार विस्तारले पनि अर्बपतिहरुको संख्या बढ्दै गइरहेको छ। अर्बपतिहरुको संख्यामात्र बढिरहेको छैन, उनीहरुको सम्पत्तिसमेत बढ्दो क्रममा छ।
विकसित देशमा अर्बपतिहरुको संख्या धेरै छ भने विकास हुँदै गरेका देशमा संख्या बढ्दै गइरहेको छ। विश्वभर हजारौँको संख्यामा अर्बपतिहरु छन्। सबैभन्दा धेरै अर्बपति अमेरिका र चीनमा छन्।
२०२५ मा मा भएको अर्बपतिहरु मध्ये कुन देशमा कति जना छन् भन्ने विषयमा भिजुअल क्यापिटालिस्टले उल्लेख गरेको छ। क्यापिटालिस्टले यीबीएसले उपलब्ध गराएको तथ्यांकका आधारमा कुन देशमा कति जना अर्बपति छन् र उनीहरुको कुल सम्पत्ति कति छ? लेखिएको छ।
अमेरिकामा संसारका सबैभन्दा धेरै अर्बपतिहरु छन्। दोस्रो धेरै अर्बपति हुने देश चीन हो तर अमेरिकाको तुलनामा चीनमा करिब आधा कम रहेका छन्। अमेरिकामा रहेका अर्बपतिहरुको कुल सम्पत्ति ६९ खर्ब अमेरिकी डलर रहेको छ।
२०२५ को तथ्यांकअनुसार यी हुन् धेरै अर्बपतिहरुको भएको देश र उनीहरुको कुल सम्पत्ति :
१. अमेरिका- ९ सय २५ जना, कुल सम्पत्ति ६९ खर्ब डलर
२. चीन- ४ सय ७० जना, कुल सम्पत्ति १८ खर्ब डलर
३. भारत- १ सय ८८ जना, कुल सम्पत्ति ८ खर्ब ८८ अर्ब डलर
४. जर्मनी- १ सय ५६ जना, कुल सम्पत्ति ६ खर्ब ९२ अर्ब डलर
५. बेलायत- ९१ ज्ना, कुल सम्पत्ति ४ खर्ब ५६ अर्ब डलर
६. स्वीजरल्यान्ड- ८४ जना, कुल सम्पत्ति ५ अर्ब १८ अर्ब डलर
७. हङकङ- ७६ जना, कुल सम्पत्ति ३ खर्ब २८ अर्ब डलर
८. इटाली- ६१ जना, कुल सम्पत्ति १ खर्ब ९७ अर्ब डलर
९. सिंगापुर- ५५ जना, कुल सम्पत्ति २ खर्ब ५९ अर्ब डलर
१०. ताइवान- ५१ जना, कुल सम्पत्ति १ खर्ब ६४ अर्ब डलर
११. ब्राजिल- ४७ जना, कुल सम्पत्ति १ खर्ब २६ अर्ब डलर
१२. क्यानडा- ४७ जना, कुल सम्पत्ति २ खर्ब ११ अर्ब डलर
१३. फ्रान्स- ४६ जना, कुल सम्पत्ति ५ खर्ब ९ अर्ब डलर
१४. अस्ट्रेलिया- ४३ जना, कुल सम्पत्ति २ खर्ब १३ अर्ब डलर
१५. जापान- ४१ जना, कुल सम्पत्ति १ खर्ब ७९ अर्ब डलर
अमेरिका विश्वको सबैभन्दा धनाढ्य व्यक्ति एलन मस्कको घर पनि हो। टेस्ला तथा स्पेसएक्सका सीईओ मस्कको कुल सम्पत्ति ७ खर्ब २६ अर्ब डलर पुगेको छ। मस्कको कम्पनी स्पेसएक्सको हाल भएको मूल्यांकनअनुसार ८ खर्ब डलर रहेको छ। २०२६ मा स्पेसएक्सको आईपीओ आउने अनुमानसमेत गरिएको छ।
४ सय ७० जना अर्बपति रहेको चीन विश्वको दोस्रो धेरै अर्बपतिहरु भएको देश हो। चिनियाँ अर्बपतिहरुसँग १८ खर्ब डलर कुल सम्पत्ति रहेको छ। त्यस्तै तेस्रो स्थानमा रहेको भारतमा १ सय ८८ जना अर्बपतिहरु छन्। भारतीय अर्बपतिहरुसँग ८ खर्ब ८८ अर्ब डलर सम्पत्ति छ। प्रविधि, उत्पादन र पूर्वाधारमा भएको लगानी विस्तारले भारतमा अर्बपतिहरुको संख्या छिटो बढिरहेको छ।
भारत र चीनसँगै हङकङ तथा सिंगापुरलगायत देशमा बढ्दो धनाढ्यको संख्याले अर्बपति सूचीमा एसिया बलियो हुँदै गएको छ।
युरोपेली धनाढ्य सूचीलाई जर्मनीले नेतृत्व गरिरहेको छ। जर्मनीमा अर्बपतिहरुको वृद्धि ३३ प्रतिशत बढेर १ सय ५६ जना पुगेको हो। यता मध्यपूर्वका सानो बजारका रुपमा लिइने साउदी अबर, यूएईलगायत देशहरुमा पनि अर्बपतिहरुको संख्या भने उल्लेख रुपमा बढिरहेको छ।
नेपालमा पनि हालसम्म फोर्ब्सको सूचीमा सूचीकृत एक जना अर्बपछि छन्। व्यवसायी विनोद चौधरी फोर्ब्सको सूचीमा रहेको डलर अर्बपति हुन्।