आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक फिर्ता लिनेसम्बन्धी प्रस्ताव प्रस्तुत

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ २३ २०८२
राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक फिर्ता लिनेसम्बन्धी प्रस्ताव प्रस्तुत

बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विधायन व्यवस्थापन समितिमा विचाराधीन रहेको उक्त विधेयकका सम्बन्धमा प्रतिवेदन पेस गर्न निर्देशन दिए।

काठमाडौं- राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता लिनेसम्बन्धी प्रस्ताव प्रस्तुत भएको छ।

सभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री सुशीला कार्कीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले उक्त विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे।

बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विधायन व्यवस्थापन समितिमा विचाराधीन रहेको उक्त विधेयकका सम्बन्धमा प्रतिवेदन पेस गर्न निर्देशन दिए।

गएको मंगलबारको मन्त्रिपरिषद् बैठकले सो विधेयक संघीय संसदबाट फिर्ता लिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो।

राष्ट्रियसभाको १७ औँ अधिवेशनमा दर्ता भएको उक्त विधेयक सभाको विधायन व्यवस्थापन समितिमा विचाराधीन अवस्थामा छ। संसदीय प्रक्रिया पूरा भएपछि सो विधेयक फिर्ता हुने संघीय संसद् सचिवालयले जनाएको छ।

प्रकाशित : शुक्रबार, माघ २३ २०८२१६:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend