आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

स्रोत नखुलेको १८ लाख ५० हजार रुपैयाँसहित एकजना पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ २३ २०८२
स्रोत नखुलेको १८ लाख ५० हजार रुपैयाँसहित एकजना पक्राउ

पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि उक्त रकमसहित आन्तरिक राजस्व कार्यालय हरिहरभवन ललितपुर पठाइएको छ।

काठमाडौं- नेपाल प्रहरीले स्रोत नखुलेको १८ लाख ५० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा स्रोत नखुलेको रकम लिएर हिँडिरहेको अवस्थामा उदयपुरका ४५ वर्षीय प्रविन किसनलाई बिहीबार पक्राउ गरेको हो।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ परेका किसनसँग स्रोत नखुलेको १८ लाख ५० हजार नगद बरामद गरिएको जानकारी दिए। पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि उक्त रकमसहित आन्तरिक राजस्व कार्यालय हरिहरभवन ललितपुर पठाइएको प्रवक्ता भट्टराईले बताए।


प्रकाशित : शुक्रबार, माघ २३ २०८२१२:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend