शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

आन्तरिक राजस्व कार्यालय हेटौँडाद्वारा ८० करोड ८ लाख राजस्व संकलन

शुक्रबार, माघ २३ २०८२
आन्तरिक राजस्व कार्यालय हेटौँडाद्वारा ८० करोड ८ लाख राजस्व संकलन

गत आवको सोही अवधिमा  तीन अर्ब १९ करोड छ लाख २२ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।

बागमती- हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिना ८० करोड आठ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

चालु आर्थिक वर्षको प्रथम छ महिनामा तीन अर्ब २७ करोड ९२ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा आठ करोड ८६ लाख १० हजार रुपैयाँले बढी हो।

यसैगरी चालु आवको पहिलो छ महिनामा अन्त:शुल्कतर्फ एक अर्ब ८८ कारेड ६४ लाख ८७ हजार, आयकरतर्फ ५९ करोड ३२ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन भएको हो।

त्यस्तै मूल्य अभिवृद्धि करतर्फ ४६ करोड ७१ लाख ३० हजार, स्वास्थ्य जोखिम करतर्फ २७ करोड ७३ लाख दुई हजार, ब्याजकरतर्फ तीन करोड ६९ लाख ४७ हजार र बहालकरतर्फ ८१ लाख २६ हजार रुपैयाँ राजस्व संकलन उक्त कार्यालयले जनाएको छ।

गत आवको सोही अवधिमा  तीन अर्ब १९ करोड छ लाख २२ हजार रुपैयाँ राजस्व संकलन भएको थियो। 

उक्त कार्यालयमा आयकरतर्फ ३३ हजार ५९६, मूल्य अभिवृद्धितर्फ पाँच हजार ८४९, अन्तशुल्कतर्फ एक हजार ५९८, विथहोल्डतर्फ ७११ र व्यक्तिगततर्फका ८१ हजार ८१२ करदाता सूचीकृत छन्। 

कर दाखिला गर्न आनाकानी गर्ने करदाताहरुको घरमा पुग्ने, टेलिफोन र एसएमएसमार्फत ताकेता गर्ने, कर छुटसम्बन्धी सुविधाबारे प्रचारप्रसार गर्नेलगायत अभियान सञ्चालन गरी १० करोड बक्यौता असुली भएको कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीले बताए। रासस 


प्रकाशित : शुक्रबार, माघ २३ २०८२१०:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend