शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुपर खुदी हाइड्रोपावरले फागुन ४ गतेदेखि आईपीओ निष्कासन गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ २३ २०८२
सुपर खुदी हाइड्रोपावरले फागुन ४ गतेदेखि आईपीओ निष्कासन गर्ने

आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १२ लाख ८६ हजार ५०० कित्ता साधारण सेयर बिक्री खुला गर्न लागेको हो।

काठमाडाै‌ं- सुपर खुदी हाइड्रोपावर लिमिटेडले आगामी फागुन ४ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर आईपीओ  निष्कासन गर्ने भएको छ। 

आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १२ लाख ८६ हजार ५०० कित्ता साधारण सेयर बिक्री खुला गर्न लागेको हो। 

कुल ३१ लाख कित्ता सेयरमध्ये कर्मचारीहरूका लागि ३१ हजार कित्ता छुट्याएर बाँकी रहेको सेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। फागुन १० गतेसम्म आवेदन दिने समय तोकिएको भए तापनि माग बमोजिम आवेदन नपरेमा फागुन १९ गतेसम्म म्याद थप हुन सक्नेछ।

केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी रेटिङ प्रदान गरेको छ। जसले वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

ग्लोबल आइएमई क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको यस निष्कासनमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित : शुक्रबार, माघ २३ २०८२१०:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend