काठमाडाैं- एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक अवधिमा २६ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।जुन गत वर्षको सोही अवधिको तुलनामा ५.३० प्रतिशतको वृद्धि हो।
५ अर्ब ११ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको व्यवसाय विस्तारमा प्रगति देखिएको छ। जसअन्तर्गत कुल बीमाशुल्क आर्जन १२.४९ प्रतिशतले बढेर ४ अर्ब ७४ करोड ५१ लाख रुपैयाँ पुगेको छ भने खुद बीमाशुल्क आर्जन पनि ११.४० प्रतिशतले वृद्धि भई ४ अर्ब ६४ करोड ६९ लाख रुपैयाँ कायम भएको छ।
विशेषगरी कम्पनीको जीवन बीमा कोष ११.९१ प्रतिशतको वृद्धिसँगै ५० अर्ब ८५ करोड रुपैयाँमा पुगेको छ। वित्तीय सूचकहरू तर्फ कम्पनीको प्रतिसेयर आम्दानी १०.५४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२८.७३ रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा ९१ करोड ९० लाख र महाविपत्ति कोषमा ३१ करोड ३८ लाख रुपैयाँ सञ्चित छ।