काठमाडौं- साताको पाचौँ कारोबार दिन आज नेप्से परिसूचक २७.१९ अंकले बढेर २७०८.७० बिन्दुमा पुगेर बन्द भएको छ।
आजको कारोबारमा ३ सय २६ कम्पनीको ३ करोड ५५ लाख ७४ हजार ६ सय २७ कित्ता सेयर खरिद–बिक्री हुँदा ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको कारोबार भएको छ।
आज सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ९८ प्रतिशत,सेन्सेटिभ फ्लोट इण्डेक्स १.१२, फ्लोट इण्डेक्स १.११ प्रतिशतले बेढेको छ।
आजको कारोबारमा, कालिन्चोक दर्शन लिमिटेड, सुपर माइ हाइड्रोपावर,मोदी इनर्जी कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। सुपर मादी हाइड्रोपावरको सेयर आज सबैभन्दा धेरै ९.९८ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा यस दिन युनियन हाइड्रोपावरको ५८ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। राधी विद्युत कम्पनीको कारोबार रकम ५७ करोड रुपैयाँ नाघेको छ भने एसवाई प्यानल नेपालको करिब ५३ करोड रुपैयाँको सेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक १.६६ प्रतिशत बढेको छ।
२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो।