आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

गृहमन्त्री अर्यालसँग यूएनओडीसीका क्षेत्रीय प्रतिनिधिको शिष्टाचार भेट

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ २१ २०८२
गृहमन्त्री अर्यालसँग यूएनओडीसीका क्षेत्रीय प्रतिनिधिको शिष्टाचार भेट

मन्त्री अर्यालले यूएनओडिसीले लागुऔषध नियन्त्रणलगायत क्षेत्रमा नेपाललाई पुर्‍याउँदै आएको सहयोगको लागि धन्यवाद व्यक्त गरे।

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालसँग संयुक्त राष्ट्रसंघीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालय (यूएनओडीसी) को दक्षिण एसिया हेर्ने क्षेत्रीय प्रतिनिधि क्रिस्टियन होल्जले शिष्टाचार भेट गरेका छन्।

भेटमा मन्त्री अर्यालले यूएनओडिसीले लागुऔषध नियन्त्रणलगायत क्षेत्रमा नेपाललाई पुर्‍याउँदै आएको सहयोगको लागि धन्यवाद व्यक्त गरे। साथै यूएनओडिसीसँगको सहकार्य अझै बढाउँदै लैजान सकिने उनले विश्वास व्यक्त गरे।

यूएनओडिसी क्षेत्रीय प्रतिनिधि होल्जले नेपाल सरकारसँगको सहकार्यलाई निरन्तरता प्रदान गरिने बताउँदै सरकारको तर्फबाट यूएनओडिसीका कार्यक्रम सञ्चालनमा प्रदान हुँदै आएको सहयोग र तदारुकताको प्रशंसा गरे।

गृह मन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्रालयका नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, यूएनओडिसी नेपालका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।


प्रकाशित : बुधबार, माघ २१ २०८२१८:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend