काठमाडौं- फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको स्वच्छता प्रवर्द्धनका लागि निर्वाचन आयोग र टिकटकबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
निर्वाचन नजिकिएसँगै भ्रामक प्रचार बढेपछि त्यस्ता गतिविधि रोक्न निर्वाचन आयोगले टिकटकसँग समझदारी गरेको हो।
निर्वाचन आयोगमा आयोजित कार्यक्रममा आयोगका तर्फबाट सहसचिव नारायणप्रसाद भट्टराई र टिकटकका तर्फबाट फेर्दोस अल मत्ताकिनले समझदारीमा हस्ताक्षर गरेको आयोगले जनाएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतलगायतका अधिकारीहरूको उपस्थिति थियो।