शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेप्से परिसूचक सामान्य घट्यो, ७ अर्ब ४९ करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ २१ २०८२
नेप्से परिसूचक सामान्य घट्यो, ७ अर्ब ४९ करोड रुपैयाँको कारोबार

काठमाडौं- साताको चौथो कारोबार दिन आज नेप्से परिसूचक १.६४ अंकले घटेर २६८१.५० बिन्दुमा पुगेर बन्द भएको छ। 

आजको कारोबारमा ३ सय २६ कम्पनीको १ करोड ६६ लाख ८२ हजार ६ सय २६ कित्ता सेयर खरिद-बिक्री हुँदा ७ अर्ब ४९ करोड ९७ लाख ४२ हजार ९८ रुपैयाँ बराबरको कारोबार भएको छ।

आज सेन्सेटिभ इण्डेक्स शून्य दशमलव १५ प्रतिशत,सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य दशमलव १२ प्रतिशत, फ्लोट इण्डेक्स शून्य दशमलव १० प्रतिशतले घटेको छ ।

आजको कारोबारमा कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर र आँखु खोला जलविद्युत कम्पनीको कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। एचएलआई लार्ज क्याप फण्डको सेयर  मूल्य यस दिन सर्वाधिक ५.५४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनीको ८० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। 

१३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक शून्य दशमलव ९३ प्रतिशत बढेको छ। 

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो।


प्रकाशित : बुधबार, माघ २१ २०८२१५:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend