काठमाडौं- टर्किस एयरलाइन्सको जहाज कलकत्ता डाइभर्ट भएको छ। एउटा इन्जिनमा 'फायर' भएपछि काठमाडौंबाट स्तानबुल उडान भरेको जहाज कलकत्ता डाइभर्ट भएको त्रिभुवन विमानस्थल कार्यालयका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए।
एउटा इन्जिनकै भरमा जहाज कलकत्ता डाइभर्ट भएको छ। एउटा इन्जिन सर्टडाउन गर्दै पाइलटले जहाज कलकत्ता डाइभर्ट गरेका हुन्।