आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

स्वास्थ्य बीमाको समस्या समाधानको प्रयासमा प्रधानमन्त्री, बोलाइन् सरोकारवालाको बैठक

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ २१ २०८२
स्वास्थ्य बीमाको समस्या समाधानको प्रयासमा प्रधानमन्त्री, बोलाइन् सरोकारवालाको बैठक

केही समयअघिदेखि देशका विभिन्न भागमा रहेका अस्पतालहरूले स्वास्थ्य बीमाबापतको रकम स्वास्थ्य बीमा बोर्डले भुक्तानी नदिँदा सेवा बन्द गर्ने निर्णय गरेका थिए।

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमा समस्या समाधानको प्रयास प्रारम्भ गरेकी छिन्।

यसै क्रममा सरोकार भएका पक्षसँग छलफल गर्न उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न बैठक आह्वान गरे‍को प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

केही समयअघिदेखि देशका विभिन्न भागमा रहेका अस्पतालहरूले स्वास्थ्य बीमाबापतको रकम स्वास्थ्य बीमा बोर्डले भुक्तानी नदिँदा सेवा बन्द गर्ने निर्णय गरेका थिए। स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले लामो समयदेखि बीमाबापत रकम नपाउँदा सेवा प्रवाह गर्न कठिन भएको जनाएका छन्।

स्वास्थ्य बीमा बोर्डका अनुसार देशभर सूचीबद्ध स्वास्थ्य संस्थालाई १० अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ। रासस


प्रकाशित : बुधबार, माघ २१ २०८२१२:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend