शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सन नेपाल लाइफ इन्स्योरेन्सकाे नाफामा सामान्य सुधार, प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ २१ २०८२
सन नेपाल लाइफ इन्स्योरेन्सकाे नाफामा सामान्य सुधार, प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा १.११ प्रतिशतले नाफा बढेको हो।

 काठमाडाैं- सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा १.११ प्रतिशतले नाफा बढेको हो। 

चालु आर्थिक वर्षको ६ महिनासम्मको अवधिमा कम्पनीले २८ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। कम्पनीले गत आर्थिक वर्षको ६ महीनासम्म २८ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको आम्दानीमा बढोत्तरी भएकोले नाफा बढ्नमा टेवा पुगेको देखिएको छ। 

 समीक्षा अवधिमा कम्पनीको जीवन बीमाकोषको आकार ८ अर्ब ९६ करोड ९४ लाख रुपैयाँबाट बढेर ११ अर्ब ४ करोड ७९ लाख रुपैयाँ नाघेको छ भने प्रतिसेयर आम्दानी १४.२५ रुपैयाँबाट घटेर ११.३० रुपैयाँमा झरेको छ । कम्पनीको सोल्भेन्सी मार्जिन रेसियो २.३३ प्रतिशतबाट बढेर २.४३ प्रतिशत कायम भएको छ। प्रतिसेयर नेटवर्थ १४७.२८ रुपैयाँ रहेको यस कम्पनीले ६ महीनामा बीमा पोलिसी रिन्यू गरी १ अर्ब ५६ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको छ।

गत आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीले २ अर्ब १८ करोड ६२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा त्यसको तुलनामा चालू आवको पुस मसान्तसम्म ३.६४ प्रतिशतले वृद्धि भई २ अर्ब २६ करोड ५८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको वित्तीय विवरणले देखाएको छ। समीक्षा अवधिमा कम्पनीको कुल आम्दानीमा भने गिरावट देखिएको छ। कम्पनीको कुल आम्दानी २ अर्ब ९४ करोड २० लाख रुपैयाँबाट ११.२२ प्रतिशतले घटेर २ अर्ब ६१ करोड २० लाख रुपैयाँमा झरेको छ। आम्दानी घटेपछि कम्पनीले खर्च पनि घटाएको छ। कम्पनीको कुल खर्च २ अर्ब ६६ करोड रुपैयाँबाट १३.५८ प्रतिशतले घटेर २ अर्ब २९ करोड ८६ लाख रुपैयाँमा झरको छ।

 चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख रुपैयाँ रहेको यस कम्पनीको सेयर प्रिमियम १ अर्ब ३० करोड २२ लाख रुपैयाँ, महाविपत्ति कोषमा २३ करोड ६१ लाख रुपैयाँ, जगेडा कोषमा ५४ करोड ८५ लाख रुपैयाँ र अन्य इक्विटीमा २९ करोड २० लाख रुपैयाँ सञ्चित रहेको छ।


प्रकाशित : बुधबार, माघ २१ २०८२१२:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend