काठमाडाैं- इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म सामान्य सुधार देखिएको छ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा नाफा २.९२ प्रतिशतले वृद्धि भई २० करोड १८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो नाफा १९ करोड ६१ लाख रुपैयाँ थियो।
यस अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन पनि १४.६३ प्रतिशतले विस्तार भएर ५ अर्ब ७१ करोड २ लाख रुपैयाँ पुगेको छ। आम्दानी र खर्च दुवैमा बढोत्तरी देखिएको यस वित्तीय विवरणअनुसार कुल आम्दानी ७ अर्ब ७० करोड २१ लाख रुपैयाँ पुग्दा कुल खर्च ७ अर्ब ३५ करोड ४१ लाख रुपैयाँ कायम भएको छ।
त्यस्तै, कम्पनीले अभिकर्ता कमिसनमा ४९ करोड १६ लाख रुपैयाँ खर्च गरेको छ भने जीवन बीमाकोषको आकार उल्लेख्य रूपमा बढेर ४६ अर्ब १७ करोड १० लाख रुपैयाँ पुगेको छ।
वित्तीय सूचकहरूका आधारमा कम्पनीको प्रतिसेयर आम्दानी ८.०६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२३.३३ रुपैयाँ कायम भएको छ। मूल्य आम्दानी अनुपात ५५.६९ गुणा रहेको कम्पनीले चालू आर्थिक वर्षको ६ महिनामा बीमा पोलिसी नवीकरणमार्फत मात्रै ४ अर्ब २२ करोड ८४ लाख रुपैयाँ सङ्कलन गर्न सफल भएको छ।