शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेप्से परिसूचक १२ अंकले घट्यो, ८ अर्ब ६३ करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ २० २०८२
नेप्से परिसूचक १२ अंकले घट्यो, ८ अर्ब ६३ करोड रुपैयाँको कारोबार

आजको कारोबारमा ३ सय २२ कम्पनीको १ करोड ८७ लाख ३ हजार १ सय ८३ कित्ता सेयर खरिद-बिक्री हुँदा ८ अर्ब ६३ करोड १५ लाख १२ हजार ५ सय ४२ रुपैयाँ बराबरको कारोबार भएको छ।

काठमाडौं- साताको तस्रो कारोबार दिन आज नेप्से परिसूचक १२.५८ अंकले घटेर २६८३.१५ बिन्दुमा बन्द भएको छ। 

आजको कारोबारमा ३ सय २२ कम्पनीको १ करोड ८७ लाख ३ हजार १ सय ८३ कित्ता सेयर खरिद-बिक्री हुँदा ८ अर्ब ६३ करोड १५ लाख १२ हजार ५ सय ४२ रुपैयाँ बराबरको कारोबार भएको छ।

आज सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ५३ प्रतिशत, सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य दशमलव ५७ प्रतिशत, फ्लोट इण्डेक्स शून्य दशमलव ५३ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा, कालिन्चोक दर्शन लिमिटेडको  सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सान्भी इनर्जीको सेयर मूल्य आज सबैभन्दा धेरै ४.६३ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानलको ५९ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।आँखु खोला जलविद्युत कम्पनीको ४१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। 

१३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन उपसमूहको सेयर सबैभन्दा धेरै १.७९ प्रतिशतले बढेको छ।

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो।


प्रकाशित : मंगलबार, माघ २० २०८२१५:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend