शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ २० २०८२
प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

बैंकको ४१०औँ सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

काठमाडाैं- प्रभु बैंक लिमिटेडले आफ्नो रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत सीईओमा पदमा सुमन शर्मालाई नियुक्त गरेको छ। 

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ निवासी शर्माको यो नियुक्ति २०८२ माघ २० गतेदेखि लागू हुने बैंकले जनाएको छ। 

कम्पनी सचिव अमित भण्डारीद्वारा हस्ताक्षर गरिएको उक्त पत्रमा शर्मालाई चार वर्षको कार्यकालका लागि जिम्मेवारी दिइएकाे छ। 

यसअघि माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले सीईओ अशोक शेरचनको राजीनामा स्वीकृत गरेको थियो। नवनियुक्त सीईओ शर्मा यसअघि सनराइज बैंकमा सीईओ रहेका थिए। यस्तै उनले ग्लोबल आइएमई बैंकमा डिसिईओ र माछापुच्छ्रे बैंकमा सीईओ भएर काम गरेका छन्।

prabhu bank.PNG


प्रकाशित : मंगलबार, माघ २० २०८२११:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend