काठमाडौं- कालिञ्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति पाएको छ।
बोर्डले माघ १९ गते कम्पनीलाई आईपीओ निष्कासनका लागि स्वीकृति प्रदान गरेको हो।
धितोपत्र बोर्डको स्वीकृति अनुसार कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ। कम्पनीले कुल १३ करोड ७५ लाख रुपैयाँ बराबरको पुँजी बजारबाट सङ्कलन गर्ने लक्ष्य राखेको छ।
कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी आरविवि मर्चेन्ट बैकिङ लिमिटेडले पाएको छ।