काठमाडौं- साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक १.५३ अंकले बढेर २६९५.५३ बिन्दुमा पुगेर बन्द भएको छ।
आजको कारोबारमा ३ सय ३० कम्पनीको १ करोड ७५ लाख ७ हजार ७ सय ७६ कित्ता सेयर खरिद-बिक्री हुँदा ८ अर्ब २२ करोड ३९ लाख ६५ हजार ६ सय ६९ रुपैयाँ बराबरको कारोबार भएको छ।
आज सेन्सेटिभ इण्डेक्स शून्य दशमलव १६ प्रतिशत, सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य दशमलव ०४ प्रतिशतले घटेको छ भने फ्लोट इण्डेक्स शून्य दशमलव ०५ प्रतिशतले बढेको छ ।
आजको कारोबारमा, एसवाई प्यानल नेपाल,श्रीनगर एग्रिटेक इन्डष्ट्रिज र हिम स्टार ऊर्जा कम्पनी लिमिटेडकोको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।मिथिला लद्युवित्त वित्तीय संस्थाको सेयर नकरात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनीको ४१ करोड ४९लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। एसवाई प्यानल नेपालको करिब ३८ करोड रुपैयाँको सेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन उपसमूहका परिसूचक सर्वाधिक १.७७ प्रतिशत बढेको छ।
२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो।