आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

साना किसान लघुवित्तको नाफा घट्यो, खुद ब्याज आम्दानी ६५ करोड ४३ लाख रुपैयाँ

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ १९ २०८२
साना किसान लघुवित्तको नाफा घट्यो, खुद ब्याज आम्दानी ६५ करोड ४३ लाख रुपैयाँ

सार्वजनिक विवरण अनुसार कम्पनीको आम्दानी, नाफा तथा अधिकांश वित्तीय सूचकहरूमा गिरावट देखिएको छ।

काठमाडौं- साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

सार्वजनिक विवरण अनुसार कम्पनीको आम्दानी, नाफा तथा अधिकांश वित्तीय सूचकहरूमा गिरावट देखिएको छ।  

गत आर्थिक वर्षको पुस मसान्तसम्म ५१ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले चालू आर्थिक वर्षको सोही अवधिमा २६.४२ प्रतिशतले नाफा घटेर ३८ करोड ९ लाख रुपैयाँमा सीमित भएको विवरणले देखाएको छ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ९६ करोड ८१ लाख रुपैयाँबाट ३२.४१ प्रतिशतले घटेर ६५ करोड ४३ लाख रुपैयाँमा झरेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी पनि ९७ करोड ४५ लाख रुपैयाँबाट ३२.८४ प्रतिशतले घट्दै ६५ करोड ४४ लाख रुपैयाँमा पुगेको छ।

कम्पनीको सञ्चालन नाफा पनि अघिल्लो वर्षको ७५ करोड २७ लाख रुपैयाँबाट २७.७० प्रतिशतले घटेर ५४ करोड ४२ लाख रुपैयाँमा झरेको छ।  

 समीक्षा अवधिमा कम्पनीको खराब कर्जा अनुपात २.२७ प्रतिशतबाट बढेर ४ प्रतिशत पुगेको छ, जसले कम्पनीको वित्तीय स्वास्थ्यमा थप दबाब सिर्जना गरेको देखिन्छ। 

कम्पनीको प्रतिसेयर आम्दानी २४.०१ रुपैयाँबाट घटेर १५.४६ रुपैयाँमा झरेको छ। प्रतिसेयर नेटवर्थ २१६.४८ रुपैयाँ कायम रहेको छ भने मूल्य आम्दानी अनुपात ४९.८७ गुणा रहेको छ।

 


प्रकाशित : सोमबार, माघ १९ २०८२१४:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend