शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

रेनो-निसान एलाइन्सले चेन्नइमा ३५ लाख इन्जिन बनायो 

मंगलबार, चैत १ २०७८
रेनो-निसान एलाइन्सले चेन्नइमा ३५ लाख इन्जिन बनायो 

काठमाडौं- फ्रेन्च कार उत्पादक कम्पनी रेनो र जापानी कार उत्पादन कम्पनी निसानले भारतको चेन्नइमा संयुक्त रुपमा इन्जिन उत्पादन गर्दै आएका छन्। यी दुई कम्पनीको एलाइन्स रहेको उक्त प्लान्टबाट ३५ लाख इन्जिन उत्पादन भएको हो।  

इन्जिन उत्पादन सुरु भयता चेन्नइस्थित प्लान्टबाट उक्त संख्यामा इन्जिन उत्पादन भएको हो। २०१० देखि इन्जिन र गेयर बक्स बनाउन थालेको निसा-रेनो एलाइन्सको चेन्नइ प्लान्टले हालसम्म २३ लाख इन्जिन र १२ लाख गेयर बक्स उत्पादन गरेको हो। 

रेनो-निसान एलाइन्सले चेन्नइ प्लान्टबाट जापानी प्रविधिको ३५ लाख इन्जिन उतपादन गर्न सफल भएको निसान इन्डियाका सञ्चालन प्रमुख सिनान ओजकोकले बताएका छन्। सो प्लान्टबाट रेनो निसान अटोमोटिभ इन्डिया प्रालिले ६ विभिन्न क्षमताका इन्जिन र ४ प्रकारका गेयर बक्स उत्पादन गर्दै आएको छ। 


प्रकाशित : मंगलबार, चैत १ २०७८१०:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend