शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

वित्तीय पहुँच सूचकाङ्कमा सुधार

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ १९ २०८२
वित्तीय पहुँच सूचकाङ्कमा सुधार

नेपाल राष्ट्र बैंकको हालैको प्रतिवेदन अनुसार धेरै नेपालीहरू अहिले औपचारिक वित्तीय प्रणालीमा आबद्ध भएका छन्। जसलाई बैंकले मापन गर्ने सूचकाङ्कले पनि पुष्टि गरेको छ। यसपटक वर्ष  वित्तीय समावेशीकरण सूचकाङ्क ०.५३ पुगेको छ। अघिल्लो वर्ष यस्तो सूचकाङ्क ०.४७ रहेको थियो।

काठमाडौं- नेपालमा बैंकिङ र वित्तीय सेवाको पहुँच र प्रयोगमा पछिल्लो समय सुधार आएको छ। 

नेपाल राष्ट्र बैंकको हालैको प्रतिवेदन अनुसार धेरै नेपालीहरू अहिले औपचारिक वित्तीय प्रणालीमा आबद्ध भएका छन्। जसलाई बैंकले मापन गर्ने सूचकाङ्कले पनि पुष्टि गरेको छ। यसपटक वर्ष  वित्तीय समावेशीकरण सूचकाङ्क ०.५३ पुगेको छ। अघिल्लो वर्ष यस्तो सूचकाङ्क ०.४७ रहेको थियो। 

बैंकका शाखाहरू दुर्गम गाउँसम्म पुग्नु र मोबाइल बैंकिङ प्रविधिको व्यापक विस्तार भएकाले मानिसहरूले आफ्नै हातमा रहेको मोबाइलबाट बैंकिङ कारोबार गर्न सक्ने भएका छन्। त्यसैगरि सर्वसाधारणले बैंक खाता खोल्ने मात्र नभई डिजिटल माध्यमबाट पैसा पठाउने, बिजुली तथा पानीको बिल तिर्ने र बिमा गर्ने जस्ता काममा बैंकको प्रयोग बढाएको छ।

रिपोर्टअनुसार मानव विकास सूचकाङ्क जस्तै विधिबाट गणना गरिएको उक्त सूचकाङ्क ० देखि १ को मापनमा आधारित छ। जहाँ उच्च अङ्कले उच्च वित्तीय समावेशीकरण जनाउँछ। त्यस्तै, सूचकाङ्कका तीन आयामका रुपमा पहुँच, प्रयोग र गुणस्तर अन्तर्गत विभिन्न ५५ सूचकका आधारमा तयार गरिएको हो।

प्रकाशित : सोमबार, माघ १९ २०८२१०:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend