शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

हिमालयन लघुवित्तको नाफामा ७१ प्रतिशतको वृद्धि

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ १९ २०८२
हिमालयन लघुवित्तको नाफामा ७१ प्रतिशतको वृद्धि

पुस मसान्तसम्म कम्पनीले ४ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो नाफा २ करोड ६० लाख रुपैयाँ मात्र थियो। यस आधारमा हेर्दा नाफामा ७१.६७ प्रतिशतको उल्लेखनीय वृद्धि देखिएको छ। कम्पनीको आम्दानी संरचना मजबुत बन्दै जाँदा नाफामा यस्तो उछाल आएको देखिन्छ।

काठमाडाैं- हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकाे छ।

सार्वजनिक वित्तीय विवरण अनुसार लघुवित्त  मुनाफामा सुधार आएको छ। 

पुस मसान्तसम्म कम्पनीले ४ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो नाफा २ करोड ६० लाख रुपैयाँ मात्र थियो। यस आधारमा हेर्दा नाफामा ७१.६७ प्रतिशतको उल्लेखनीय वृद्धि देखिएको छ। कम्पनीको आम्दानी संरचना मजबुत बन्दै जाँदा नाफामा यस्तो उछाल आएको देखिन्छ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १९ करोड ७७ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १५ करोड ३३ लाख रुपैयाँको तुलनामा झण्डै २९ प्रतिशतले बढी हो। लघुवित्त क्षेत्रमा कर्जा विस्तार र ब्याज आम्दानी सुदृढ हुँदा कम्पनीको मूल आम्दानी आधार फराकिलो बनेको संकेत गर्छ।

प्रकाशित : सोमबार, माघ १९ २०८२१०:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend