आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

भारत सरकारले आफ्ना नागरिकलाई बजेटबाटै दियो विदेश यात्रा गर्न छुट

आइतबार, माघ १८ २०८२
भारत सरकारले आफ्ना नागरिकलाई  बजेटबाटै दियो विदेश यात्रा गर्न छुट

यो स्किमबाट नेपाल आउने भारतीयहरूलाई पनि सस्तो हुनेछ। त्योभन्दा धेरै टाढाका गन्तव्यमा जानेका लागि सहुलियत मिल्नेछ। १० लाखसम्मको सीमामा यसअघि नै ५ प्रतिशतमात्र थियो। नेपाल आउनेहरूको खर्च प्राय यही सीमामा पर्छ।

काठमाडौं- भारत सरकारले आफ्ना नागरिकलाई विदेश यात्रा अझै सहज बनाउनेगरी बजेटबाट स्किम ल्याएको छ। भारतको केन्द्रीय सरकारको अर्थमन्त्री निर्माता सीतारमणले बजेटबाट यस्तो स्किम घोषणा गरेकी हुन्। 

भारतीयहरूले विदेशमा गर्ने खर्चको स्रोतमा कट्टी हुने करको दरमा उल्लेख्य कटौति भएको छ। 

भारतमा वैदेशिक यात्रा प्याकेजको शुल्क भुक्तानीमा लाग्ने यस्तो शुल्क यसअघि १० लाख रुपैयाँसम्म ५ प्रतिशत र त्यसभन्दा माथिको रकममा २० प्रतिशत कर थियो। यसमा अबदेखि २ प्रतिशतमात्र लाग्ने भएको छ। यसले गर्दा भारतीयहरूलाई वैदेशिक यात्रा प्याकेज खरिदमा तिर्ने शुल्क सस्तो हुने भएको छ। 

त्यस्तै अध्ययन तथा उपचारका लागि गरिने भुक्तानीको स्रोतमा कर कट्टीको दर ५ बाट २ प्रतिशतमा झारिएको छ। 

यो स्किमबाट नेपाल आउने भारतीयहरूलाई पनि सस्तो हुनेछ। त्योभन्दा धेरै टाढाका गन्तव्यमा जानेका लागि सहुलियत मिल्नेछ। १० लाखसम्मको सीमामा यसअघि नै ५ प्रतिशतमात्र थियो। नेपाल आउनेहरूको खर्च प्राय यही सीमामा पर्छ। 

भारतले आफ्ना नागरिकलाई वैदेशिक यात्रा तथा व्यापारका लागि प्रोत्साहन गर्नका लागि अन्य स्किम पनि ल्याएको छ। विश्व बजारमा प्रभाव विस्तार गरी स्वदेशी क्षमता विकासका लागि भन्दै यस्ता स्किमि ल्याइएको हो। 

भारतले आफ्ना कुनै पनि नागरिकलाई विदेशमा आर्जन गरेको पैसा र जम्मा गरेको सम्पत्तिलाई एकैपटक घोषणा गर्न मिल्ने स्किम पनि ल्याएको छ। 


प्रकाशित : आइतबार, माघ १८ २०८२१६:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend