शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेप्से परिसूचक १९ अंकले घट्यो, ९ अर्ब १० करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ १८ २०८२
नेप्से परिसूचक १९ अंकले घट्यो, ९ अर्ब १० करोड रुपैयाँको कारोबार

आजको कारोबारमा ३ सय २९ कम्पनीको १ करोड २० लाख ६० हजार ४ सय ५४ कित्ता सेयर खरिद–बिक्री हुँदा ९ अर्ब १० करोड ९४ लाख ५७ हजार २ सय ७८ रुपैयाँबराबरको कारोबार भएको छ।

काठमाडौं- साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से परिसूचक घटेको छ।

नेप्से परिसूचक १९.८५ अंकले घटेर २६९४.२० बिन्दुमा पुगेको हो।

आजको कारोबारमा ३ सय २९ कम्पनीको १ करोड २० लाख ६० हजार ४ सय ५४ कित्ता सेयर खरिद–बिक्री हुँदा ९ अर्ब १० करोड ९४ लाख ५७ हजार २ सय ७८ रुपैयाँबराबरको कारोबार भएको छ।

आज सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ५९ अंकले बढेको छ भने फ्लोट इण्डेक्स शून्य दशमलव ७६ र सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य दशमलव ५९ अंकले घटेको छ।

आजको कारोबारमा मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर सबैभन्दा धेरै ९.७० प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले घटेको छ। 

आज १३ वटै उपसमूहको परिसूचकमध्य १२ घटेको छ भने व्यापार उपसमूहको परिसूचक शून्य दशमलव ५५ प्रतिशतले बढेको छ। कारोबारमा सबैभन्दा धेरै होटल तथा पर्यटन सामान्य उपसमूहको परिसूचक १.७५ प्रतिशतले घटेको छ।

प्रकाशित : आइतबार, माघ १८ २०८२१५:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend