काठमाडौं- सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आज माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरे पनि सेयर भर्न भने मिलेको छैन।
प्राविधिक समस्याका कारण तत्काल सेयरमा आवेदन दिन नमिलेको निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलले जानकारी दिएको छ।
सि-आस्बा प्रणालीमा प्रतिकित्ता सेयर सय रुपैयाँ हुनुपर्नेमा १० रुपैयाँ भएर निष्कासन खुला भएका कारण सेयरमा आवेदन दिन नमिलेको हो।
सफ्टवेयरमा त्रुटी सच्याउन केही समय लाग्ने भएकाले त्यतिञ्जेल आवेदन बन्द गरिएको कुमारी क्यापिटलले जनाएको छ। अर्को सूचना आएपछि सेयरमा आवेदन दिन सकिनेछ।
